Sunday, June 29, 2025

भारतको छत्तीसगढमा नक्सलवादीविरुद्धको लडाइँ तीव्र हुँदै:-

ताजा / भरखरै प्राप्त

नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् ।
पश्चिम बंगाल प्रदेशमा आईईडी (विस्फोटक उपकरण) आक्रमणमा घाइते हुने सुरक्षाकर्मीहरूको संख्या २०२५ को पहिलो त्रैमासिकमा लगभग ३०० प्रतिशतले वृद्धि भएको छ, जसका कारण मार्च २०२६ सम्म भारतबाट नक्सलवादीहरूको अन्त्य गर्ने केन्द्र सरकारको समयसीमा पुरा गर्नु सुरक्षाबलहरूका लागि कठिन चुनौती बन्ने ठानिएको छ ।
गर्मी बढ्दै जाँदा, भारतको मध्य भागमा पर्ने यस राज्यमा ‘नक्सलवादीहरूको अन्तिम गढ’मा कारबाही गर्न सुरक्षाबलहरू परिचालित छन् । उनीहरु सडक र गोरेटाहरूमा ‘सावधानीपूर्वक’ अगाडि बढिरहेका छन्,ं ताकि आईईडी विस्फोटको चपेटामा नपरियोस् । दुई दशकभन्दा बढी समयदेखि जारी विद्रोहमा सयौं सुरक्षाकर्मी मारिइसकेका छन् र धेरै अपाङ्ग भएका छन् । बताइएको छ ।
को हुन् नक्सलवादी ?

नक्सलवादीलाई भारतीय सन्दर्भमा माओवादी पनि भनिन्छ, तर ‘नक्सलवादी’ शब्द प्रायः भारतभित्रैका विद्रोही आन्दोलन जनाउन प्रयोग गरिन्छ ।
छत्तीसगढमा सीआरपीएफ र कोबरा (सीआरपीएफको विशेष टुकडी) का करिब २५–२७ इकाइहरूलाई आईईडी पहिचान गर्ने केही उपकरणहरू र विशेष तालिमप्राप्त कुकुरहरू उपलब्ध गराइएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार विस्फोटक सामग्रीहरूको बरामद एवम् आईईडी विस्फोटमा वृद्धि पछि मार्च महिनामा छत्तीसगढ र झारखण्डमा सतर्कता अपनाइएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles