प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति सिग्देलले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको नेपाली सेनाले जनाएको छ ।