Saturday, April 19, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौंलाखको तस्करीको समान पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका छपकैयामा बेवारिसे अवस्थामा भेटिएको २१ लाख भन्दा बढीको अबैध तस्करीका सामान भन्सारमा बुझाइयो,
सशस्त्र प्रहरीले बताउँछन् ।
पर्सा जिल्लाका छपकैयामा बेवारिसे अवस्थामा भेटिएको २१ लाख भन्दाबढीको अबैध सामान बिरगञज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।
भन्सार छलि गरी ल्याइएको २१ लाख १६ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले बताउँछन् ।
२०८१ साल चैत्र ३० गते सम्म भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याई छपकैयाको गल्ली गल्लीमा लुकाएर राखिएको बेवारिसे अवस्थामा भण्डारण गरिराखेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीका डीएसपीले बताउँनु
भएको हो।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले तस्करीको समान पक्राउ गरि कारबाहीको लागि पर्साका वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले पनि बताएका छन् । बरामद गरिएका सामानहरूमा जुत्ता, चप्पल, काजु, मरिच, मटर र मान्छेले प्रयोग गर्ने विभिन्न प्रकारका औषधिहरू पनि रहेको सशस्त्र प्रहरीले बताउँछन् ।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले तस्करीको समान पक्राउ गरि बिरगञज भन्सामा बुझाइएको जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles