पर्सा जिल्लाका प्रहरीले एक महिनामा ५५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेका छन् ।
पर्सामा एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार रहेको ५५ जना प्रतिवादीहरु पक्राउ परेका छन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन पर्सा प्रहरीले सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा जरिवाना भएका फरार रहेका ५५ जना प्रतिवादी पक्राउ परेका छन् । पर्साका (डीएसपी) सुवास भट्टले जानकारी दिन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले चैत १ देखि ३१ गतेसम्म उनीहरूलाई पक्राउ गरेको पर्साका प्रहरी बताउँछन् । पक्राउ परेका सबैलाई पर्सा जिल्ला अदालतमा बुझाएर अदालतको आदेश अनुसार कारबाही गरिएको पर्साका प्रहरीले जनाएका छन् ।