Monday, April 21, 2025

लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुनवाई हुँदै:-

ताजा / भरखरै प्राप्त

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । उनलाई रिहा गर्न माग गर्दै आइतबार निवेदन दर्ता भएको र आज,सोमबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
यसअघि आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्चच अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको बताइएको छ।
उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्।
रविलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेको थियो। तर उक्त आदेश उच्च अदालतले बदर गरेर उनलाई थुनामै पठाउने आदेश दिएकै दिन रवि लामिछानेलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो । उनी हाल कारागार कार्यालय रुपन्देहीमा रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles