जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएर एसपी गोविन्द पुरीले चितवन प्रहरीको जिम्मेवारी सम्हालनु भएका छन् ।प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा गर्दै पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । विभिन्न स्थानमा प्रमुखको जिम्मेवारी सम्हालेका पुरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनाललगायत अन्य प्रहरीहरुले स्वागत गरेका थिए । कमाण्ड सम्हाल्दै एसपी पुरीले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरेका छन् ।