पोखरा । पोखरा महानगरपालिकाका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार एकै दिन कर्मचारी र व्यवसायी माथि हातपात गरेका छन् वडाध्यक्षले हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् । यद्यपि, प्रहरीले उजुरी दर्ता भने नगरेको व्यवसायीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान भइरहेको सुनाएका छन् । ‘उहाँहरुले आफू माथि कुटपिट भएको भनेर आउनुभएको हो । यसबारेमा अनुसन्धान गरिरहेका छौँ’ – प्रवक्ता हरिबहादुर बस्नेतले भने । सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि पराजुली सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका लेखनाथ सुवेदीलाई हातपात गरे । महानगर प्रहरी लगेर फुटपाथबाट सामग्री उठाउने क्रममा सुवेदी कस्मेटिक्सका सञ्चालक लेखनाथ सुवेदीसँग विवाद भएको थियो । ग्राहकले किनिसकेको सामान भन्दै सुवेदीले रोक्न खोज्दा वडाध्यक्ष पराजुलीले एक्कासी हात हालेर कुटपिट गरे । उनले पनि पराजुलीले मापसे गरेर आएको बताएका छन् ।व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् । व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । व्यवसायी कुटपिटको खबर बाहिरिएपछि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यापारीहरू आक्रोशित भएका छन्। उनीहरूको साझा संस्था ‘सर्वेश्वर व्यवसायी समिति’ले वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिन र कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै मंगलबार नै वडा नंं ४ कार्यालय र कास्की प्रहरी कार्यालयमा घेराउ गरेका छन्। जड्याहा वडाध्यक्षलाई कारबाही गर् जस्ता नारा लगाउँदै नाराबाजी गरेका थिए ।समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) ले वडाध्यक्ष पराजुलीलई तुरुन्त कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखरा १६ ढिकिडाँडाबाट पक्राउ गरिएको हो ।
यसैबीच, महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे ।
मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ ।वडाध्यक्ष पराजुलीले आर्थिक प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका हुन् । तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए। महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए । उक्त घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी कर्मचारीहरूको छ । ‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ ।’
नव जनप्रहारबाट”सभार