Sunday, June 29, 2025

डीआईजी चतुर्वेदीद्वारा राैतहटका प्रहरीहरुको निरीक्षण:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीले आपराधिक गतिविधि र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् । मधेश प्रदेश प्रहरीहरुका प्रमुखको जिम्मेवारी सम्हालेपछि (डीआईजी) चतुर्वेदीले आज,मंगलवार जिल्ला प्रहरी कार्यालय राैतहटको निरीक्षण गरेका छन् । अनुगमन तथा निरीक्षणको क्रममा डीआईजी चतुर्वेदीले उपस्थित रहेको जिल्ला प्रहरी कार्यालय रौतहट तथा जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएको बताइएको छ । सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै किसिमको कमी नगर्न उनले राैतहटका प्रहरीहरुलाई निर्देशन दिनुभएको हो । चतुर्वेदीले भने, भारतबाट हुनेगरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलापको पूर्णरुपमा नियन्त्रण गर्न प्रहरीहरुलाई कडा निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles