सशस्त्र प्रहरीको एआजीका बढुुवामा पेचिलो बन्दै गएको र बदनाम (एआईजी)हरुको चलखेलले गर्दा बढुवामा ढिलाई भएको बताइन्छ ।
सशस्त्र प्रहरी बल, नेपालमा करिब एक महिनादेखि एउटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । वैशाखको पहिलो साता अर्थात् २ गते एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि एआईजी पद रिक्त छ ।
यति लामो समय बितिसक्दा पनि बढुवा सिफारिस समितिको बैठक नै बस्न सकेको छैन । कारण के,हो ?
भावी नेतृत्व जोडिएको सशस्त्रको एआईजीमा ८ जना नायब महानिरीक्षक (डिआईजी)ले आवेदन दिएका छन् ।
बढुवाको लागि आवेदनमा डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कलिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठले आवेदन दिएका छन् ।