Thursday, August 14, 2025

सशस्त्र प्रहरीहरुलाई तस्करी शून्य पार्न सशस्त्रका डीआइजी ढकालको निर्देशन:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले अनुशासित भएर काम गर्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिनुभएका छन् । मधेस प्रदेशको कार्यभार सम्हालेकै दिनदेखि सशस्त्रका डीआइजी ढकालले सबै सशस्त्र प्रहरी अधिकारी तथा सशस्त्रका सुरक्षाकर्मीहरुलाई निर्देशित गर्दै भने, ‘आफ्नो काम कर्तव्यमा कमजोरी गर्नेलाई कुनै किसिमको छुट हुदैन। उनले भने, नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमानदार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता रहेको डीआईजीले बताएका छन् ।’ उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार” तस्करी गर्ने र तस्करी जस्ता गतिविधिमा संलग्न रहने कसैलाई पनि नछोड्ने चेतावनी पनि दिएका छन् । सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा थप सतर्क, संयमित र सक्रिय रहन उनले सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै, नेपाली भूमि आतंकवादी वा आपराधिक गतिविधिको केन्द्र नबनोस् भन्ने हाम्रो दृढ संकल्प रहेको हो, डीआईजी ढकालको भनाईं रहेको छ । डीआइजी ढकालले हालै पर्सा, बारा, रौतहट, सर्लाही, र महोत्तरीका विभिन्न सीमावर्ती क्षेत्रहरूको अनुगमन बढाएको बताएका छन् । उनले आफैँ स्थलगत अनुगमन पनि गरिरहेका छन् । सशस्त्र प्रहरी बललाई करछली, तस्करी, आपराधिक गिरोह र अवैध क्रियाकलापहरूविरुद्ध शून्य सहिष्णुता नीति लागू गर्न निर्देशन दिसकेका छन् । उनले भनेका छन् कि ‘अपराध नियन्त्रणमा कुनै राजनीतिक वा सामाजिक दबाबमा नपर्ने सशस्त्र प्रहरीहरुलाई भनेका छन् ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles