


चितवन जिल्लाको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँएर ७ जना घाइते भएका छन्।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएका छन् ।
घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको बताइएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको चितवनका प्रहरीले जनाएको छ । चितवनका प्रहरीका अनुसार ठोकिएका दुवै ट्रक क्षतिग्रस्त भएका छन् ।