
जिप दुर्घटनामा परी नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुखसहित तीन जनाको दुखद निधन भएको खवर छ ।
जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ, नेपाल टेलिकम, बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का चालक करन महतरा र रवीन्द्र धामी को ज्यान गएको बताइएको छ।
नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न प्राविधिक टोलीसहित पिलुचौरबाट जिप गइरहेको थियो, सो क्रममा जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानाएको छ ।