



जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मनोजित कुँवरज्यूले इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकी पावैको निरीक्षण गर्नु भएका छन् ।
निरीक्षणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, कार्यालय, मेष ब्यारेक लगायत दैनिक सम्पादन गरिने कामकाजको समेतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण व्यवहार, प्रहरीको भूमिका, प्रहरी सेवाको प्रभावकारिता, शान्ति सुरक्षाको अवस्था, विपद व्यवस्थापनमा प्रहरीको प्रयास, मानव अधिकार प्रवर्द्धनमा प्रहरीको भुमिका लगायतका फैसला कार्यान्वयन र अनुसन्धान कार्यलाई गुणस्तरीय रुपमा सम्पन्न गर्नको लागि तदारुकता अपनाई अनुसन्धानात्मक कार्यलाई बस्तुनिष्ठ, पारदर्शी, विश्वासनिय बनाई जनआस्था निर्माण गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भका छन् ।