Sunday, August 17, 2025

पर्साका बिरगंजमा गर्मी सँगै देखिन थाल्यो खानेपानीको समस्या:-

ताजा / भरखरै प्राप्त

पर्साका सदरमुकाममा अत्यधिक गर्मी बढ्दै जाँदा खानेपानीको समस्या पनि बढ्दै गएको छ ।

पर्साका बिरगंज महानगरपालिकाको मुख्य बजार देखि टोलटोलमा खानेपानीको समस्या भएको देखिएको छ ।

बजार क्षेत्र र बस्तीमा खानेपानी उपलब्ध गराइरहेको छ, भने वडा नम्बर १६ इनरवामा पानीको समस्या आएपछि सयौँ परिवारमा खानेपानीको समस्यामा परेको देखिएको छ ।

करिब एक महिनादेखि खानेपानीको समस्या देखिएको स्थानीय मोतिलाल यातवले बताएका छन् । नियमित रुपमा पानीको आपूर्ति हुन नसकेपछि स्थानीयवासी समस्यामा परेको स्थानीय नुरफातमा र फुल महम्मदले बताएका छन् ।

करिब एक महिनादेखि धारामा पानी नआउँदा निकै समस्या भएको फुलमोहम्मदको भनाइ रहेको छ । यसै गरी स्थानीय मोतिलाल यादवको धारामा पानी नआएपछि बाहिरबाट पानी ल्याउन र खान बाध्य भएको बताएका छन् ।

केही वर्षदेखि धाराको पानी प्रयोग गर्दै आएका स्थानीयवासीले हाते पम्प कलधाराकि प्रयोग गर्न छाडिसकेका छन् । खानेपानीको पानी आपूर्ति बन्द हुँदा जारको पानीका साथै बजारमा पाइने बोतलको पानी किनेर पिउन स्थानीयवासी बाध्य भएका छन् । बजारबाट महँगो मूल्यमा पानी किनेर खानुपर्दा दैनिक खर्च धान्न मुस्किल इनरवाका गरिब परिवारलाई निकै समस्यामा परेका छन् ।

खानेपानीको विषयमा महानगरपालिकालाई पटक पटक जानकारी गराइएको छ, तर समाधान नभएको गुनासो स्थानीयको रहेको छ । नगर प्रमुख सिंहले भने खानेपानीको समस्या समाधान भइरहेको बताएका छन् ।

अत्यधिक गर्मी चर्किएपछि छिपहरमाईगाउँपालिका वडा नम्बर १ को मगनी यादवले भने गाउँघरका चापाकल सुक्न थालेको बताउँनु भएको छ । चापाकल सुक्न थालेपछि खानेपानीको समस्या गाउँघरमा पनि देखिन सुरु भएको पर्साका स्थानीय बासिन्दा यादवले बताएका छन् । अत्यधिक चर्को घाम र गर्मीको कारण पानीको माग बढी भएको बेला बिरगंजका सदरमुकामको धेरै ठाउँमा खानेपानीको समस्या आएको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles