Friday, April 24, 2026

श्रोत नखुलेको १३ लाख भन्दा बढी रकमसहित एकजना सिमरामा पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराको सिमराबाट प्रहरीले श्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जनालाई बाराका प्रहरीले पक्राउ गरेको छ ।

पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २० बर्षिय सुजन कुशवाहा रहेको बाराका प्रहरीले बताउँछन् ।

सिमरा विमान स्थल तर्फ जाँदै गरेका कुशवाहालाई प्रहरीले रोकेर उनको झोला चेकजाँच गर्दा झोलामा १३ लाख ७ हजार ५ सय रुपैयाँ बरामद भएको सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले बताएका छन् ।

फेला परेको रकम नेपाली १ हजार दरको १ हजार ६७ थान, पाँच सय दरको ४ सय ८० थान रहेको सय दरको ५ थान नोट गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको सिमराका प्रहरीले बताए हो ।

कुशवाहाको साथबाट बरामद भएको रकमको श्रोत खुल्न नसकेपछि रकमसहित कुशवाहालाई नियन्त्रणमा लिइएको र बरामद भएको रकम हुण्डी कारोबारी रहेको हुनसक्ने र यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरक्षिक (डीएसपी) जोशीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles