पर्साका वीरगन्ज महानगरपालिकाबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जना मानिसलाई सशस्त्र प्रहरी पर्साले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका २ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।