
सशस्त्र प्रहरी राैतहले चार महिनामा एक करोड रुपैयाँ भन्दा बडीको अवैध रुप भारतबाट ल्याइको तस्करीको सामान बरामद गरि राैतहट जिल्लाको गाैर भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी राैतहटले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो ४ महिनामा १ करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।
गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले राैतहले जनाएको छ ।
नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले ४ महिनामा ६९ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिएका छन् । “सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको एसपीले बताएका छन् ”,
सशस्त्र प्रहरी राैतहटले चार महिनामा“एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र ४ थान साइकल पनि बरामद भएको सशस्त्र प्रहरी राैतहटले जनाएको छ”।
सोही अवधिमा ८५ लाख ६८ हजार २२४ रुपैयाँ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ ।
पछिल्लो ४ महिनामा स्रोत नखुलेको नगद रु १० लाख ६१ हजार रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार त्यसैगरी स्रोत नखुलेको ६ लाख ४ हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।
मानवबेचबिखनमा पर्न सक्ने आशङ्कामा सिमानाकाबाट १० जना नेपाली महिलालाई उद्धार गरेको बस्नेतले बताएका छन् ।
सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताएको हो । हेडक्वाटर मातहतमा रहेका ५ वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेतले सशस्त्र प्रहरी बिओपी, र सशस्त्रका बेसलाई कडा निर्देशन पनि दिएका छन् ।