धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट असार २५ गते सशस्त्र प्रहरी गण नं. ८ धुनषा र जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले करीव १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद गरी सम्बन्धित निकाय धनुषाको जनकपुर भन्सामा बुझाएको सशस्त्र प्रहरी जनकपुरले जानकारी दिएको छ ।