Saturday, August 16, 2025

भारतबाट ठुलो परिमानणमा सुन र नगद लुटेर आएका ६ नेपाली पक्राउ:-

ताजा / भरखरै प्राप्त

भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली प्रहरीद्वारा पक्राउ परेका छन् ।
पक्राउ परेका सबै कालिकोटका रहेका छन् ।

उनीहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद सात लाख ८७ हजार रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले जानकारी दिएको हो ।

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पङ्कज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन् ।
डीएसपी खनालका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका ११ स्थित होटल न्यु कालिकोटेबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो ।

उनीहरू भारतको दिल्लीस्थित एक घरबाट धनमाल लुटेर आई त्यहाँ बसिरहेका थिए ।
पक्राउ परेकामध्ये २८ वर्षीया सरिता करिब एक वर्षअघि नयाँ दिल्लीस्थित सो घरमा काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार समूहका सदस्यको योजनाअनुसार नै सरिता परिचालित भएकी थिइन्।

उनले घरका काम गर्दै विश्वास आर्जन गरेपछि कालिकोटबाट बाँकी सदस्यहरुलाई बोलाएकी थिइन् । उनीहरूले घरमा कोही नभएको मौका छोपी सुनका गरगहना र नगद चोरी गरेर नेपाल फर्किएको डीएसपी खनालले बताइन् ।होटलमा बसिरहेका बेला उनीहरूलाई प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles