
पर्सा जिल्लाको ठोरी गाउँपालिकावडा नम्बर ४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजनालाई आज खानेपानी मन्त्री प्रदीप यादवले औपचारिक रूपमा उद्घाटन गर्नु भएका छन् ।
लगभग २१६७ जनसंख्या लाभान्वित हुने यस आयोजनामा ओभरहेड ट्यांकी, डीप ट्युबवेल, पम्प हाउस, कार्यालय भवन र पानी प्रशोधन केन्द्र समेटिएको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेश क्षेत्रमा फैलिएको जलसंकटलाई गम्भीरतापूर्वक लिँदै ८ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी गराएका छन् ।
उनले खानेपानी अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्यमा आवश्यक रहेको जोड दिएका छन् ।