Sunday, July 27, 2025

गाैर यातायात कार्यालयमा सेटिङमार्फत लाइसेन्स वितरण:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको यातायात व्यवस्था कार्यालय गौरमा ज्यालादारीमा सरसफाई कर्मी(स्वीपर)मा नियुक्ती भएका सिंहले यातायात कार्यालयमा बिचौलियाको काम गर्दै कमाईखाने भाँडो बताउँदै आइरहेका छन् ।
उनै रोशनले पछिल्लो समय यातायात व्यस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताको मुख्य हर्ताकर्ताको रुपमा गैरकानुनी ढंगले अवैध सवारीचालक अनुमतिपत्र बनाएर रकम असुलीका काम गर्दै आइरहेको स्थानीयहरुको आरोप रहेको छ । भारतीय सवारीसाधनलाई अवैध रुपमा नेपालीकरण गरेर दर्ता गर्ने सम्मको काम गर्दै आइरहेको यातायात कार्यालयका एक कर्मचारीले बताएका छन् ।
यातायात व्यवस्था कार्यालय गौरमा गैरकानुनी ढंगले खुलेआम लाइसेन्स बिक्री वितरण हुँदै आइरहेको छ । लिखित तथा ट्रायल परीक्षामा समेत सामेल नभएकाहरुको सेटिङको आधारमा खुलेआम लाइसेन्स बिक्री वितरण गर्ने धन्दा चलाउँदै आइरहेको स्रोतले बताउँछन् । सिंहको सेटिङमा लाइसेन्स बनाउन खोज्नेसँग दुई पाङ्ग्रे सवारीसाधनको लागि १० हजार र चार पाङग्रे सवारीसाधनको लाइसेन्सको लागि १५ देखि २५ हजार खुलेआम बार्गेनिङ गर्दै आइरहेको स्रोतले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट गौरसँग स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन नहुँदा पनि पटक–पटक जरिवानामा परेका चालकहरुले पनि उन्मुक्ति पाउँदै आइरहेका छन् । केही समय यता सेटिङ्गपछि नयाँ तथा थप लाईसेन्स बन्न सुरु भएको एक स्थानीयले सेवाग्राहीले जानकारी दिएका छन् ।
स्रोतका अनुसार यातायात कार्यालय गौरमा सेटिङ्गमा लाईसेन्स लिनकाका लागि लिखित परीक्षा हुदा २ देखि ५ वटा प्रश्न चिन्हमा टिक लगाउने र ट्रायलमा पास हुन नसक्नेले प्रवेश पत्र बुझाई मात्र हाजिरी बनाउन लगाउने सोही कार्यालयका एक कर्मचारीले बताएको हो । रकम बुझाएपछि मात्रै अवैध रुपमा लिखित परीक्षामा सामेल नभएपनि पास हुने र ट्रायल नदिई पनि रकमकै आधारमा सवारीचालकको अनुमतिपत्र हात लाग्ने खालको गैरकानुनी काम हुदैँ आइरहेको छ ।

रौतहटको गौर यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रमुख जितेन्द्रकुमार गुप्तामाथि अवैध रकम असुलीमा संलग्न रहेको गम्भीर आरोप लागेको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणजस्तो संवेदनशील कार्य हुने यातायात व्यवस्था कार्यालय गौर अहिले करारकामा रहेका सरसफाइकर्मीको भरमा सञ्चालन भइरहेको स्थानीयको गुनासो रहेको छ । कार्यालयको प्रमुख प्रशासनिक जिम्मेवारी भन्दा पनि “सेटिङ” मार्फत अवैध रूपमा काम हुने गरेको खुलासा भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles