Sunday, July 27, 2025

प्रहरीले गोली,चलाएर लागूऔषध कारोबारीलाई पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिरहामा प्रहरीले गोली प्रहार गरी एक जना भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान रहेका छन् । उनको साथबाट सिरहा प्रहरीले ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका–४ कुसण्डीमा रोक्न खोजेको तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताएका छन् ।
पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles