भारतको बिहार रक्साैल क्षेत्रमा २५ लाख नेपाली नक्कली नोटसहित दस जनालाई भारतिय प्रहरीले पक्राउ गरेको छन् ।
भारत–नेपाल सीमा क्षेत्र रक्सौल आसपास लामो समयदेखि सक्रिय रहेको नेपाली नक्कली नोटको सहित भारतिय प्रहरीले १० जनालाई पक्राउ रक्साैल प्रहरीले जानकारी दिएको छ ।
भारतको बिहार पूर्वी चम्पारण प्रहरी र विशेष कार्य बल (STF) ले संयुक्त रूपमा सीतामढीको मेजरगंज क्षेत्रमा छापामारी गर्दै नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै ध्वस्त पारेका छन्।
छापामारीका क्रममा सुरक्षा निकायले करिब २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, र १८ हजार ५ सय भारतीय नक्कली नोट,र नोट छाप्ने मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको भारतिय प्रहरीले बताउँछन् ।
उक्त गिरोहमा संलग्न १० जना पक्राउ परेका छन्”, जसमा ३ जना नेपाली नागरिक समेत रहेको भारतीय प्रहरीले पुष्टि गरेको छ।
निर्वाचन लक्षित नक्कली नोट नेपाल भित्र्याउने योजना रहेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएको नेपाली नक्कली नोट आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल भित्र्याउने योजना बनाइएको पक्राउ पर्ने हरुबाट खुलेको प्रहरीले बताएका छन् । सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी कडा भएपछि, यो, गिरोहले मेजरगंजलाई मुख्य ‘हब’ बनाएर नोट उत्पादन र सप्लाईको तयारी गर्दै आएको जनाइएको छ ।
छापामारीका क्रममा गिरोहले प्रयोग गर्दै आएका तीन मोटरसाइकल र एक कार समेत बरामद गरिएको प्रहरीले जनाएका छन् । प्रहरीले घटनामा संलग्न अरू सदस्य तथा यस रैकेटका मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजीलाई तीव्र बनाएका छन् । नक्कली नोटको कारोबार राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र सार्वजनिक विश्वासमाथि गम्भीर आघात पुर्याउने अपराध भएको भन्दै प्रहरी प्रशासनले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने चेतावनी दिएको छ।
सीमा क्षेत्रमा पछिल्ला दिनमा बढ्दै गएका नक्कली नोट सञ्जालविरुद्ध सुरक्षा निकायले थप सचेतना, निगरानी र समन्वय बढाइने भारतिय प्रहरीले जनाएका छन् ।


