दक्षिण एशियाली राजनीतिक परिदृश्यलाई तरंगित बनाएको बङ्गलादेशको पछिल्लो निर्वाचन परिणामलाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा अनेक विश्लेषण भइरहेका छन्। विशेषतः ‘जेनजी दल बढारियो’ भन्ने दाबी व्यापक रूपमा प्रचारित भए पनि तथ्यांक र राजनीतिक यथार्थले भने फरक कथा भन्छ।

जेनजी (न्भलभचबतष्यल श् प्रेरित) धारले औपचारिक रूपमा जम्मा ३० निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। ३०० सिटको संसद्मध्ये सीमित क्षेत्रमा प्रतिस्पर्धा गरेर ६ सिट जित्नु ‘बढारिनु’ होइन, बरु प्रारम्भिक राजनीतिक उपस्थिति स्थापित गर्नु हो भन्ने तर्क बलियो बन्दै गएको छ। प्रत्यक्षतर्फ ६ सिट जित्नुका साथै देशव्यापी रूपमा युवा मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सफल हुनु यस धारको ठूलो उपलब्धि मानिएको छ।
यसपटक बङ्गलादेशमा सामान्य सत्ता परिवर्तन मात्र भएन। चुनावसँगै संवैधानिक सुधारसम्बन्धी ‘नेशनल चार्टर’लाई जनमतसंग्रहमा लगियो। जुलाई विद्रोहपछि तयार गरिएको उक्त लिखित बडापत्र अत्यधिक मतले पारित भएको बताइएको छ। यसले विद्रोहको नैतिक विजय स्थापित गरेको विश्लेषकहरू बताउँछन्।विद्रोहको मूल उद्देश्य दल खोल्नु मात्र थिएन, राज्यको संरचनात्मक पुनर्संरचना थियो। दीर्घकालीन राजनीतिक स्थायित्व, शक्ति सन्तुलन र संस्थागत लोकतन्त्र निर्माणको माग सडकबाट उठेको थियो। त्यसैको परिणामस्वरूप प्रधानमन्त्री पदमा अधिकतम दुई कार्यकालको सीमा, द्विसदनात्मक संसद् व्यवस्था, स्वतन्त्र न्यायपालिका तथा महिला र युवाको सुनिश्चित प्रतिनिधित्वजस्ता प्रस्तावहरू पारित भएका छन्। यी प्रावधानले भविष्यमा कार्यकारी सत्ताको केन्द्रीकरणलाई रोक्ने अपेक्षा गरिएको छ।
विद्रोहका बेला सत्तामा रहेको दललाई यसपटकको निर्वाचनमा सहभागी हुन दिइएन। दुई ठूला दलको प्रभाव रहेको मुलुकमा एक प्रमुख दल चुनावमै नउत्रिएपछि उसका समर्थक मतदाताले नयाँ उदाएका जेनजी धारलाई ‘प्रतिस्पर्धी’ भन्दा ‘दुश्मन’को रूपमा हेरेको विश्लेषण छ। परिणामतः उनीहरू अर्को स्थापित दलतर्फ ध्रुवीकृत भए। यही पृष्ठभूमिमा मुख्य लाभार्थी बनेको दल हो — द्यबलनबिमभकज ल्बतष्यलबष्कित एबचतथ (बीएनपी)। बीएनपीका अध्यक्ष त्बचष्त्रगभ च्बजmबल यसपटक प्रधानमन्त्री बनेका छन्। सामाजिक सञ्जालमा अत्यधिक चर्चित र सक्रिय अनुहारका रूपमा स्थापित रहमानको डिजिटल प्रभावले चुनावी परिणाममा उल्लेख्य योगदान गरेको विश्लेषण सार्वजनिक भएको छ। राजनीतिक कन्टेन्ट क्रिएसन र डिजिटल पहुँचका आधारमा उनी विश्वकै चर्चित नेतामध्ये एकका रूपमा प्रस्तुत गरिएका छन्।लोकप्रियता र चुनावी जितबीच सिधा सम्बन्ध नहुने तर्क प्रायः सुनिन्छ। तर राजनीतिक विज्ञहरूका अनुसार लोकप्रियता जितको ‘ग्यारेन्टी’ नभए पनि जित्ने सम्भावनालाई उल्लेख्य रूपमा बढाउने कारक अवश्य हो। रहमानको हकमा सामाजिक सञ्जालमार्फत समर्थक आधार सुदृढ पार्ने रणनीति सफल देखिएको छ।
बङ्गलादेशको राजनीतिक इतिहासमा सैन्य प्रभाव गहिरो रहेको छ। वर्तमान प्रधानमन्त्री तारिक रहमानका पिता पूर्व सैनिक कमाण्डर थिए, जसले सैनिक कू मार्फत सत्ता कब्जा गरेका थिए। देशका संस्थापक राष्ट्रपति तथा उनको परिवारमाथि भएको हिंसात्मक घटनापछि सत्तारोहण भएको इतिहास अझै पनि राष्ट्रिय स्मृतिमा जीवित छ। त्यसैले बङ्गलादेशको लोकतन्त्र संस्थागत रूपमा पूर्ण स्थिर भइसकेको छैन भन्ने धारणा बलियो छ।विश्लेषकहरू भन्छन्— यसपटक जितेको दलको ‘लिगेसी’मा सैन्य शक्ति जोडिएको छ। त्यसैले संवैधानिक सुधारका प्रावधानहरू व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छन् भन्ने प्रश्न अझै खुला छ।
जेनजी धार औपचारिक रूपमा दलकै रूपमा परिपक्व भइसकेको थिएन। संगठनात्मक संरचना, स्पष्ट वैचारिक रेखा र रणनीतिक गठबन्धनमा कमजोरी देखिएको विश्लेषण छ। विशेषगरी बङ्गाली स्वतन्त्रताको विरुद्ध लडेको र कट्टर इस्लामवादी शक्तिसँग जोडिएको मानिने द्यबलनबिमभकज व्बmबबत–भ–क्ष्कबिmष् सँगको समीकरणले धेरै युवालाई असन्तुष्ट बनाएको बताइन्छ। लोकप्रिय युवा अनुहार तस्निम जाराले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसले जेनजी धारभित्र आन्तरिक असन्तोष रहेको संकेत दिएको छ। आन्दोलनको ऊर्जा र चुनावी रणनीतिबीच तालमेल नमिल्दा अपेक्षित परिणाम आउन नसकेको विश्लेषण गरिएको छ।
सिट संख्याको हिसाबले जेनजी धार सानो देखिए पनि मुद्दागत रूपमा यसको प्रभाव व्यापक भएको तर्क बलियो छ। प्रधानमन्त्री कार्यकाल सीमित गर्ने, संसद् संरचना परिवर्तन गर्ने र न्यायपालिकालाई स्वतन्त्र बनाउने प्रस्ताव पारित हुनु विद्रोहकै एजेन्डा थियो। यस अर्थमा ‘मुद्दा जित्यो, दल सीमित रह्यो’ भन्ने निष्कर्ष निकालिएको छ।जनमतसंग्रहमार्फत संवैधानिक सुधारलाई जनताको अनुमोदन मिल्नु बङ्गलादेशी राजनीतिमा दुर्लभ घटना मानिएको छ। सरकार गठनभन्दा बढी राज्यको पुनर्संरचना प्राथमिकतामा राखिएको सन्देशले राजनीतिक संस्कारमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
नेपालको सन्दर्भमा कतिपयले बङ्गलादेशको अनुभवसँग तुलना गर्ने गरेका छन्। तर राजनीतिक संरचना, चेतना र ऐतिहासिक पृष्ठभूमि फरक भएकाले ठ्याक्कै तुलना गर्न नमिल्ने विश्लेषकहरूको धारणा छ। नेपालमा समानुपातिक निर्वाचन प्रणाली रहेको हुँदा साना दलले देशव्यापी मत पाए सिटमा रूपान्तरण हुने सम्भावना बढी हुन्छ। बङ्गलादेशमा त्यस्तो व्यवस्था नभएकाले ३० क्षेत्रमा सीमित प्रतिस्पर्धा गर्दा राष्ट्रिय मतप्रतिशत उच्च भए पनि सिट संख्या सीमित हुन सक्छ।
नेपालमा विद्रोहपछि कुनै लिखित संवैधानिक बडापत्र जनमतसंग्रहमा लगिएको थिएन। सरकार परिवर्तन र चुनाव अघि सार्ने उपलब्धिबाहेक ठोस संवैधानिक सुधारमा सहमति नजुटेको आलोचना हुँदै आएको छ। त्यसैले बङ्गलादेशमा देखिएको संरचनात्मक सुधारको प्रक्रिया यहाँ देखिएको छैन भन्ने तुलना उठ्ने गरेको छ।
जेनजी धारको उदयले स्थापित दलहरूलाई पनि आन्तरिक सुधारतर्फ धकेलेको विश्लेषण छ। नेतृत्व पुस्तान्तरण, रणनीतिक परिमार्जन र युवा अनुहारको उदयमा यसले अप्रत्यक्ष प्रभाव पारेको देखिन्छ। यस अर्थमा विद्रोहले तत्काल सत्ता परिवर्तन नगरे पनि दीर्घकालीन राजनीतिक संस्कारमा ‘परिवर्तनको बिउ’ रोपेको आकलन गरिएको छ।चुनावी परिणामले अर्को पाठ पनि दिएको छ— सामाजिक सञ्जालमा चर्चित हुनु मात्र पर्याप्त हुँदैन, तर लोकप्रियताले अवसरको ढोका खोलिदिन्छ। अन्ततः जितलाई स्थायित्व दिने कारक भनेको भिजन, अनुभव र संस्थागत नेतृत्व क्षमता नै हो। नयाँ धारले ऊर्जा र मुद्दा दिएको छ भने पुरानो दलले संगठन र अनुभव प्रस्तुत गरेको देखिन्छ।
बङ्गलादेशमा जेनजी दल ‘बढारिएको’ होइन। सीमित क्षेत्रमा लडेर ६ सिट जित्नु प्रारम्भिक राजनीतिक आधार निर्माणको संकेत हो। अझ महत्त्वपूर्ण कुरा— विद्रोहपछि प्रस्तावित संरचनात्मक सुधारहरू जनमतसंग्रहबाट पारित हुनु नै यसको नैतिक विजय हो।सरकार कसको बन्यो भन्नेभन्दा पनि राज्य कता जाँदैछ भन्ने प्रश्न बढी महत्वपूर्ण बनेको छ। लोकतन्त्रको संस्थागत सुदृढीकरण, शक्ति सन्तुलन र युवा प्रतिनिधित्वको मार्गचित्र कोरिएको छ। अब चुनौती कार्यान्वयनको छ।लोकप्रियता जितको सम्भावना बढाउँछ, तर इतिहास बनाउने तत्व भिजन र संरचनात्मक सुधार नै हुन्छन्— बङ्गलादेशको पछिल्लो राजनीतिक अध्यायले यही सन्देश दिएको छ।


