निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा गम्भिर घाईते भएका ७ जना जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याईएको जनाइएको छ ।

रामेछाप जिल्लामा निर्वाचन टोली बोकेको बोलेरो दुर्घटनामा परेको जनाइएको छ ।रामेछाप नगरपालिका–२, देउरालीमा निर्वाचन गराउन जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको दुःखद समाचार प्राप्त भएको छ।

कर्तव्य निर्वाहको क्रममा रहेका निर्वाचन टोली तथा सुरक्षाकर्मी सवार उक्त गाडी अनियन्त्रित भई पल्टिएको स्थानीयहरुले बताएका छन् ।

दुर्घटनामा एक जना प्रहरी जवानले ज्यान गुमाएको पुष्टि भएको छ। राष्ट्रको जिम्मेवारी पूरा गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीको यसरी असामयिक निधन हुनु अत्यन्तै पीडादायी र मर्माहत बनाउने घटना हो।घटनालगत्तै प्रहरी र स्थानीयबासी घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्।

अन्य घाइतेहरूको अवस्था र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । स्वर्गीय प्रहरी नेपाल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ,घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।


