Saturday, May 30, 2026

म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दोब्बर मतान्तरले अगाडि:-

ताजा / भरखरै प्राप्त

म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् ।निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् ।धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच हजार ५ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार छ सय ५६, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले एक हजार चार सय ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले तीन सय २० मत पाएका छन् ।मंगला गाउँपालिकाको मतगणना शुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । ६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ मध्य १४ वटा वडाको मतगणना सकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles