ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले भने ३ हजार ८५८ मत ल्याएका छन् ।
मुखैमा आएको आईजीपी पद गुमाएका विश्वराज पोखरेललाई जनताले दिए न्याय, अब सिधै गृहमन्त्री ?नेपाल प्रहरीका पूर्वएआईजी (पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेलको संसदमा इन्ट्री हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारका रुपमा ५ मतको अन्तरमा ओखलढुंगाबाट विजयी भएसँगै उनको संसदमा इन्ट्री हुने भएको हो। पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याए। पोखरेल २०४९ चैतमा निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २९ वर्ष ४ महिना प्रहरी सेवामा रहेका उनले मुखैमा आएको आईजीपी पद गुमाउन पुगेका थिए। सरकारको हेलामा परेपछि उनले प्रहरी सेवा छाड्ने निर्णय गरेका थिए।संसद पदमा विजयी भएपछि उनी अब गृहमन्त्री बन्ने दौडमा हुनेछन्। रास्वपाबाट यसपटक चार पूर्व प्रहरीले चुनाव जितेका छन्। त्यसमध्येमा उनी पूर्व प्रहरीमध्ये सबभन्दा माथिल्लो दर्जाका रहेका छन् । त्यसकारण पनि उनी अब गृहमन्त्री बन्न सक्नेछन् ।


