Saturday, May 30, 2026

पर्सा प्रहरीद्वारा २१३ किलो लागु औषध गाँजा बरामद:चालक फरार:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले दुई क्विन्टल भन्दा बडी गाँजासहित ट्याक्टर बरामद गरेको छन्” र गाँजा तस्कर र गाडी चालक फरार भएका छन् ।

पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागू अवैध लागु औषध गाँजा २०० केजी ट्याक्टरसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
गएराति जगन्नाथपुर गाउँपालिका वडा नम्बर ४ स्थितबाट करिब (दुई क्विन्टल १२ किलो) गाँजा बरामद गरिएको हो।
पर्साका पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा उक्त गाँजा पक्राउ गर्न सफलता पाएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी पटेर्व सुगाैलिले जनाएको छ।
तस्करहरूले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा लोड गरी लैजाँदै गर्दा प्रहरीले पटेर्वा सुगौलीदेखि जगन्नाथपुरसम्म पिछा गरेको थियो। अन्ततः रातको करिब ११:३० बजेकि समयमा जगन्नाथपुर–४ मा प्रहरीको टोलीलाई देख्नासाथ तस्करहरूले ट्याक्टर छाडेर फरार भएका प्रहरीको दाबी रहेको छ । पर्सा प्रहरीका अनुसार उक्त गाँजा सोनवर्षाका तीन जना कुख्यात कारोबारीहरूको रहेको खुलेको छ। प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखेको बताएको छ।
“पर्सा प्रहरी निरीक्षकको भनाईं ट्याक्टर र गाँजा नियन्त्रणमा लिएका छौँ,” र गाँजा तस्कर“फरार रहेका छन्”चालक र तस्करहरूको पहिचान गरी, उनीहरूको खोजी र थप आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी पटेर्वा सुगाैली पर्साले जनाएको छ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles