मधेस प्रदेशमा केही महिनादेखि विभिन्न सञ्चार माध्यममा तस्करीसम्बन्धी समाचार सार्वजनिक भएपछि,मधेस प्रदेशका प्रहरी नेतृत्व सक्रिय बनेको देखिन्छ । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी).गोविन्द थापालियाको निर्देशनमा गठन गरिएको विशेष तस्करी नियन्त्रण टोलीले ठुलो सफलता हात पारेको देखिन्छ । राैतहट जिल्लाको बौधीमाई नगरपालिका–७, बंकुल बजारस्थित नाकाबाट भारतबाट अवैध रूपमा भित्र्याइएको सामानसहित एक कुख्यात तस्कर पक्राउ परेका छन् “पक्राउ पर्नेमा भारत, बिहारको अगर्वा गाउँ निवासी अर्जुन यादव रहेका छन् ।उनी ना.६ प ८०२१ नम्बरको नेपाली मोटरसाइकल प्रयोग गरी घोडासाहन बजारबाट ल्याइएको गूड्ड (मिठ्ठा) अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरीले नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार करिब रु. १ लाख २५ हजार बराबरको तस्करीका सामान बरामद गरिएको जनाएको छ। नियन्त्रणमा लिइएको तस्कर र सामान आवश्यक अनुसन्धान तथा कारवाहीका लागि स्थानीय प्रहरी चौकी बंकुलमा बुझाइएको मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी. थापालियाले जानकारी दिएको हो ।पक्राउ गरेको मालसामान मोटरसाइकल र तस्कर भारत अगर्वा गाउँ निवासी अर्जुन यादव समेतलाई गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


