जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं.- १६ , भन्सार मेन गेटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट स.प्र.सनि मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ७-जनाको चेक प्वाइन्ट टोलीले बिषेश सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको ना.२ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा

मोटरसाईकल चालक जिल्ला पर्सा वीरगंज म.न.पा.-८ गहवा बस्ने अन्दाजी वर्ष ४४ को अनिल कुमार शाहले मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नव लाख नेपाली रुपैयाँ नगद र मोटरसाईकल सहित उक्त व्यक्तिसहितको नियन्त्रणमा लिई पर्साका बिरगञ्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।


