नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले औपचारिक शपथ ग्रहण गरेकी छन्।राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उम्मेदवार पेश गरिएको र सबै दलबीच सहमतिपछि भण्डारीलाई उपाध्यक्षको रूपमा चयन गरिएको जनाइएको छ ।


