Friday, May 29, 2026

धादिङ प्रहरीद्वारा २६८ किलो भन्दा गाँजा र अफिमसहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

धादिङको गजुरी क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागु औषध गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, पृथ्वी राजमार्ग अन्तर्गत नियमित चेकजाँचका क्रममा बा ५ ख ७५३७ नम्बरको आइसर गाडीबाट २ सय ६८ किलो ४ सय ग्राम गाँजा र २ सय ग्राम अफिम बरामद गरिएको जनाएको छ । लागु औषधसहित पक्राउ पर्नेमा गाडी चालक २२ वर्षीय अमर बिक रहेका छन् ” (नीलकण्ठ नगरपालिका–८) र सहचालकका रूपमा रहेका सिद्धलेक गाउँपालिका–५ का होमबहादुर विक रहेका छन् ।
प्रहरीका अनुसार, राजमार्ग क्षेत्रमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा शंकास्पद देखिएको आइसर गाडीलाई रोकेर चेकजाँच गर्दा पछाडि ढालामा कालो त्रिपालले छोपेर राखिएको बोराभित्र लागूऔषध फेला परेको छ, सेतो रंगको बोराभित्र अत्यन्तै सावधानीपूर्वक लुकाइ छिपाइ ल्याइएको गाँजा र अफिमले तस्करहरूले प्रयोग गर्ने नयाँ प्रविधि र रणनीति उजागर गरेको प्रहरीको भनाइ रहेको छ। लागूऔषधसहित चार थान मोबाइलसमेत जफत गरिएको छ, जसबाट यस नेटवर्कको थप कडी पत्ता लाग्ने अपेक्षा गरिएको छ।
प्रहरी अनुसन्धान प्रारम्भिक चरणमै भए पनि पक्राउ परेका दुई जना मात्र ‘क्यारियर’ वाहक रहेको हुन सक्ने आशंका गरिएको छ । स्रोतका अनुसार, यति ठूलो परिमाणको गाँजा र अफिम एकैपटक ओसारपसार हुनु पछाडि संगठित गिरोह सक्रिय रहेको संकेत मिलेको छ।विशेषज्ञहरूका अनुसार, धादिङ, मकवानपुर, चितवन हुँदै काठमाडौं भित्रिने मार्गहरू लागूऔषध तस्करीका लागि लामो समयदेखि प्रयोग हुँदै आएका छन्। दुर्गम क्षेत्रमा उत्पादन भएको गाँजा राजधानी तथा सीमावर्ती क्षेत्रसम्म पुर्‍याउन यस्ता राजमार्ग प्रयोग गरिने गरेको छ।
धादिङ प्रहरीले चैत महिनामा मात्र ३४७ किलो ९९६ ग्राम २५० मिलिग्राम गाँजा, ११ ग्राम ५२० मिलिग्राम चरेश, २०० ग्राम अफिम र ४ ट्याब्लेट ट्रमाडोलसहित २२ जनालाई पक्राउ गरेको जनाएको छ । लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय देखिए पनि तस्करीको मात्रा अझै घट्न नसकेको स्पष्ट संकेत गर्छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रकाश दाहालका अनुसार, उनीहरूमाथि थप अनुसन्धान जारी छ र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles