सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायव निरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार साउन ३ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले कीर्तिपुर नगरपालिका–९ पाँगादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई नियन्त्रणमा लिएको जनाएका छन् ।
अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विषेश सूचनाको आधारमा गरिएको कारबाहीमा ५० बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको सशस्त्र प्रहरीले बताउँछन् ।

उनीहरूले प्रयोग गरिरहेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बताउँछन् ” र देउला बस्दै आएको कोठामा खानतलासी गर्दा १ हजार १८८ वटा डाइजेपाम तथा फेनेरागन ट्याब्लेट, ३ हजार ७७० वटा ट्रामाडोल र १५० वटा पोलेन पनि बरामद भएको सशस्त्र प्रहरीले, बताउँछन् ।त्यो कोठाबाट १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र ३ थान मोबाइल सेट समेत बरामद गरिएको बताउँछन् । सोही क्रममा सुमित्रा राईलाई पनि नियन्त्रणमा लिइएको जनाएका छन् ।
नियन्त्रणमा रहेका दुवै जनालाई बरामद लागूऔषध, नगद रकम, र स्कुटर तथा मोबाइलसहित आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी काठमाडौंले जनाएको छ ।


