यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी ५ हजारमा उपलब्ध गराउने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।
विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।
परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।
राहदानी
47
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonviber sharing buttonlinkedin sharing buttonsharethis sharing button
नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
केही जिल्लाका सीडीओसहित २८ शाखा अधिकृतको सरुवा
केही जिल्लाका सीडीओसहित २८ शाखा अधिकृतको सरुवा
असार १, २०८० शुक्रबार
मुख्यसचिवबाट राजीनामा गराएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त
मुख्यसचिवबाट राजीनामा गराएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त
जेठ ३२, २०८० बिहिबार
अवकाश पाउन चारदिन बाँकीरहेका बैकुण्ठ अर्याललाई सरकारको मुख्यसचिवमा नियुक्त
अवकाश पाउन चारदिन बाँकीरहेका बैकुण्ठ अर्याललाई सरकारको मुख्यसचिवमा नियुक्त
जेठ ३२, २०८० बिहिबार
नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कुसुम सेञ्चुरी
जेठ ३१, २०८० बुधबार
लोकप्रिय
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
१
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
असार १, २०८० शुक्रबार
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
२
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म Krwa
