Sunday, August 17, 2025

सुन प्रकरणमा दोषी देखिए कसैलाई पनि छाडिन्नः गृहमन्त्री

ताजा / भरखरै प्राप्त

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सुन तस्करीको हब नै बनेको विषय उठिरहेको बेला समातिएको १०० किलो सुन प्रकरणमा जोसुकै भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

बालुवाटार, बालकोट र बुढानिलकण्ठ जहाँबाट दबाब आएपनि सुन तस्करीमा मुछिएका जोकोहिलाई कारबाही गरिछाड्ने बताएका छन् ।

सुन प्रकरणमा कारबाहीको चेतावनी दिएका उनको नाम समेत सुन प्रकरणमा जोडिएपछि भने राजीनामा नै माग्न थालिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले उनको पनि नाम जोडिएको भन्दै राजनीनामा नै माग गरतेका छन् ।

तर, पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले राम्रो काम गरेको भन्दै जनस्तरबाट प्रशंसा समेत भइरहेको छ ।

Previous article
सुन तस्करी सेटिङबिना सम्भव छैन -: रवि लामिछानेविराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन,’ उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’
Next article
प्रहरीमा कहिले होला बढुवानेपाल प्रहरीमा कहिले बढुवा होला भनेर बस्नेहरूको संख्या सयौं रहेको छ । लामो समयदेखि बढुवा प्रक्रिया रोकिदां तल्लो दर्जाका प्रहरीहरूमा नैराश्यता छाएको छ । एकातिर बढुवा गरिदा पनि स्वच्छ र नियमसंगत नहुदां त्यसै भाडभैलोको अवस्था छ भने अर्कोतिर बढुवा प्रक्रिया रोकिदा पनि नैराश्यता छाएको छ । खासगरी तल्लो तहमा लामो समयदेखि बढुवा रोकिएको छ ।अहिले निरीक्षक तहमा ३८ पद खाली रहेका छन् । तर बढुवाको प्रतिस्पर्धामा १८६ जना रहेका छन् । जबकि अहिले बढुवाको प्रतिस्पर्धामा रहेका भन्दा जुनियरहरू दुई बर्ष अघि नै निरीक्षकमा बढुवा भएर मालदार ठाउँमा पोष्टिङ भएर कमाएर फर्किसकेका छन् । झण्डै दुई सयभन्दा बढी त सई दर्जाका पदहरू रिक्त छन् । बढुवा रोकिदा कतिपय जिल्ला र मातहत काम गर्ने जुनियर अफिसर नभएको रिपोर्टिङ प्रहरी प्रधान कार्यालयमा भए पनि अझै बढुवा हुन सकेको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले प्रहरीका रिक्त पदमा तत्काल बढुवा गरिने , बढुवा स्वच्छ र पारदर्शी हुने बताए पनि अझै किन बढुवा रोकिएको हो भन्ने प्रश्न प्रहरी भित्र उठेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles