कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको भन्दै सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताए । उनले सुनचाँदी व्यवसायमा अतिरिक्त कर नलगाउन मन्त्रीसमक्ष आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले करका कारण बजारको माग घटाइएको बताए । उनले आयात बढेको र निर्यात घटेकाले व्यापार घाटा चुलिएको बताए ।
