Thursday, July 16, 2026

पप्पु कन्स्ट्रक्सनलगायत २३ निर्माण कम्पनी कालोसूचीमा, डेढ वर्ष ठेक्कामा भाग लिन नपाउने

ताजा / भरखरै प्राप्त

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै काम जिम्मा लिएर समयमा नगर्ने कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।यी कम्पनीहरुले विभिन्न सार्वजनिक कामको समयमा काम सम्पन्न गर्न नसकेपछि यस्तो गरिएको सूचनामा उल्लेख छ। कम्पनीहरुलाई कालोसूचीमा राख्‍न सम्बद्ध कार्यालयहरुले सिफारिस गरेका थिए।
कालोसूचीमा परेका निर्माण कम्पनीहरुले एक वर्षदेखि डेढ वर्षसम्म सार्वजनिक खरिदका कुनै पनि ठेक्कामा भाग लिन पाउने छैनन्।कालोसूचीमा पर्ने कम्पनीहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्धि निर्माण सेवा, नव निर्माण विल्डर्स र चेतना युकेएन जेभी छन्।
यसैगरी बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एकेएज कन्स्ट्रक्सन, के आर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्वन कन्स्ट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुष्ठान कन्स्ट्रक्सन, योद्धा निर्माण सेवा र जय भगवती निर्माण सेवा छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles