आज बिहान बुटवलबाट पाल्पातर्फ जादै गरेको लु २ च २८४९ नम्बरको जीपमा साढे ६ बजेतिर जीपमाथि ढुंगा खसेको थियो । त्यसक्रममा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा जीप चालक पूर्वी नवलपरासीकोा नवलपुर त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देहीको सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका-१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले जनाएको छ । ढुंगा लागेर जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।
घाइते सबैलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर पाल्पाको अर्गलीतर्फ गइरहेको थियो ।
ढुंगा खसेर अवरुद्ध भएको राजगर्मा सुचारु भइसकेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश
