Sunday, June 29, 2025

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्नेनेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

ताजा / भरखरै प्राप्त

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

Previous article
तस्करी गरेको पुष्टि भएपछिमहोत्तरी । महोत्तरी जिल्लाको सबैभन्दा बढी तस्करी हुने नाकाको रूपमा सम्सी नाका चिनिन्छ । यो नाका तस्करीको कारण नै जादै बदनाम हुने गर्दछ । तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर यो नाकाबाट दैनिक लाखौं लाखका सामान चोरी तस्करी गरेर भित्र्याउने गर्दछन । यहाँको तस्करी सन्जाल र सुरक्षाकर्मी एवं तस्करको मिलिमतोको बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गर्दै आइरहेको थियो ।प्रकाशित समाचारलाई आधार बनाएर सशस्त्र प्रहरी बल मधेस प्रदेश स्थित बाहिनी मुख्यालय महोत्तरीले छानबिन गरेको थियो । उक्त छानबिनका क्रममा सम्सी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हिमालय सुवेदी देखि त्याहां कार्यरत सबैको कुनै न कुनै रूपमा संलग्नता देखिएपछि बाहिनीले परिचर समेतको सबै सेट नै परिवर्तन गरेको छ । तानिएका सबैलाई महोत्तरी गण र बाहिनीमा थन्क्याइएको छ । सम्सीमा सशस्त्र प्रहरी निरीक्षक टिकाराम मैनालीको नेतृत्वमा परिचर सम्मको नयाँ टोली पठाएको छ । पुरै सेट नै परिवर्तन गरिएको कुरालाई बाहिनीपति डिआइजी दिपेन्द्र शाहले पुष्टि गरे। यो नाकाबाट कपडा र किराना सामानको ठूलो मात्रामा तस्करी हुँदै आएको थियो । नयाँ निरीक्षक गएपछि अहिले तस्करी भने रोकिएको छ।
Next article
निःशुल्क स्वास्थ्य शिविर संचालन तथा पिउने पानी वितरणसशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालको सहयोग तथा चन्द्रागिरी नगरपालिका र मच्छेनारायण मन्दिर व्यवस्थापन समितिको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा पिउने पानी वितरण गरेको छ ।सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारीजैसीको प्रमुख आतिथ्यतामा साउन २७ गते मच्छेनारायण मन्दिरमा भईरहेकोपुरुषोत्तम मलमास मेलामा पाल्नुहुने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्यपरिक्षण र पिउने पानी वितरण गरिएको हो । ३७ जना महिला र ५३ जना पुरुष गरी जम्मा ९० जना भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष, सशस्त्रप्रहरी परिवार महिला संघका पदाधिकारीहरु, मच्छेनारायण मन्दिर व्यवस्थापनसमितिका अध्यक्ष लगायत नेपाल एपीएफ अस्पतालका चिकित्सक तथास्वास्थ्यकर्मीहरु र अन्य सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles