Sunday, April 20, 2025

साउन, रुकुमपश्चिम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो ।

ताजा / भरखरै प्राप्त

रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । “बजारको तुलनामा खाद्यमा चामल केही सास्तो पाइन्छ । यहाँबाट किन्दा प्रतिकिलो रू ३० देखि ४० सम्म फरक पर्छ”, शाखा प्रमुख विनोद चन्दले भने, “अहिले खाद्यमा भनेजति चामल छैन । स्टिम जिरा मात्रै मौज्दात छ ।”

चन्दका अनुसार अहिले गोदाममा पाँच सय ३५ क्विन्टल चामल मौज्दात छ । “गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीमा ३६ हजार ९४ क्विन्टल ६५ केजी आएको थियो, सोही चामल अहिले पनि मौज्दनत छ”, उनले भने ।

चालु आवमा पनि नेपालगञ्ज र तुलसीपुरबाट चामल ल्याउने तयारी भइरहेको शाखा प्रमुख चन्दले जानकारी दिए । “पहिलाका वर्ष तुलसीपुरबाट मात्रै ढुवानी हुने गरेकामा यस वर्ष नेपालगञ्जबाट पनि आउने भएको छ”, उनले भने, “जिल्लामा १५ हजार क्विन्टल कोटा भए पनि कोटा थप हुनसक्छ ।” सोना मन्सुली, अरुवा मोटो र बास्मती कम्पनीको शाखामा नआएको बताउँदै चन्दले यहाँबाट उक्त चामल बेच्न छोडिएको जानकारी दिए ।

त्यस्तै बिक्री केन्द्र स्यालाखदीमा बर्खामा चामल पठाउन नसकिएको जिल्ला शाखाले जनाएको छ । गत आवमा नौ सय ९९ क्विन्टल चामल पुगेकामा यस अवका लागि एक हजार कोटाको ठेक्का आह्वान भएको शाखा प्रमुख चन्दले बताए । भारतबाट हुने चामल निर्यात बन्द गरेकाले यस वर्ष कति चामल आउने हो भन्न नसकिने उनको भनाइ थियो ।

जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताए। उनका अनुसार अहिले कम्पनी र दुई सहकारीबीच सम्झौता भएकाले उक्त सहकारीले मात्रै चामल बेच्ने गरेका छन् । “सहकारीमार्फत गाउँमै सस्तोमा पाएपछि सर्वसाधारण खुसी भएका थिए”, उनले भने, “अहिले केही सहकारीले ढुवानीको समस्याका कारण बेच्न छाडेका छन् ।”

Previous article
१७ वर्ष अघिको गौर हत्याकाण्डमा उपेन्द्र यादव तानिने भयआजभन्दा १७ वर्ष पहिले रौतहटको गौरमा भएको हत्या प्रकरण फेरि विवादमा आएको छ । पीडितसँग सरकारले न्यायको प्रतिबद्धतासहित सहमति गरेपछि जनता समाजवादी पार्टी तरङ्गित बन्न पुगेको छ ।गौर प्रकरणमा उपेन्द्र यादव नै तानिने डरपछि सरकारको समिकरणमाथि नै आशंका उत्पन्न भइरहेकाबेला प्रचण्डले अनुसन्धान अघि बढाउलान् ?माओवादी केन्द्रमा लामो समय राजनीति गरेर छुट्टै पार्टी खोलेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह यतिबेला गौर प्रकरणलाई चर्काउदै लग्ने पात्रमा पर्छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाएर आफ्नो राजनीति अघि बढाउने योजनामा साह छन् ।२७ माओवादी नेता कार्यकर्ताको पाशविक ढंगले गरिएको हत्याको छानविन सरकारले नगरेको भन्दै पीडितहरु आन्दोलनमा थिए । तर, पुष्पकमल दाहाल ’प्रचण्ड’ ले १७ वर्षपछि यो प्रकरणमा अनुसन्धान गर्ने प्रतिबद्धतासहित सहमति त गराए । तर, के अनुसन्धान संभव होला ? प्रश्न गर्न थालिएका छन् ।सरकारले पीडितसँग सहमति गरेपछि जनता समाजवादी पार्टी भने त्रसित बन्न पुगेको छ । जसपाले पत्रकार सम्मेलन नै गरेर सरकारले चालेको कदमले गम्भीर समस्या निम्त्याउने भन्दै चेतावनी नै दिएको छ ।जनमतले गौर प्रकरणको अनुसन्धानमा आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेताहरु नपर्नुपर्ने माग राख्न थालेको छ ।जसपाले गौर प्रकरणको फेहरिस्त सुनाउदै यसको प्रमुख दोषी नै माओवादी र प्रभु साहलाई मान्दै आएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको झडपको क्रममा २७ माओवादी कार्यकर्ताको फोरमका कार्यकर्ताले हत्या गरेका थिए ।फोरम कार्यकर्ताले लाठी र भाला रोपेर माओवादी कार्यकर्ताहरुको विभत्स हत्या गरेका थिए । तर, यो प्रकरणको अन्तिम टुंगो लगाउने बेला जसपाले आपत्ति जनाउन थालेको छ ।आफ्ना पार्टीका नेता कार्यकर्तालाई फसाउन खोजिएको आरोप जसपाको छ । तर, अनुसन्धान प्रक्रिया नै थाल्न दिन्नौं भन्दै जसपाले सत्ता र समाजवादी मोर्चाबाट बाहिरिने धम्की दिन थालेपछि भने सरकारले यो प्रकरणलाई अघि बढाउला त ? प्रश्न भने उब्जिन पुगेको छ ।गौर प्रकरणको विषय सार्वजनिक भएपछि कतिपयले भने चितवनको माडी घटनाको पनि छानविन हुनुपर्ने आवाज उठाउन थालेका छन् ।गौर प्रकरणमा आन्दोलन गर्दै आएका पीडितले भने प्रचण्ड नेतृत्वको सरकारले केहि गर्छ कि भन्ने अपेक्षा गरेका कारण पनि जसपाको माग कुन स्थितिमा पुग्छ भन्ने प्रश्न भने कायमै छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles