Saturday, June 28, 2025

धनगढी । कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर एक हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शौचालयको सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु भएको हो । हात्तीको आजै अन्त्येष्टि गरिनेछ

ताजा / भरखरै प्राप्त

घरको सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा फसेपछि निस्किन नसकेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले बताए । उनका अनुसार वयस्क भाले हात्तीको मृत्यु भएको हो । उक्त क्षेत्रमा जंगली हात्ती हिँडिरहने गरेको मेहताको भनाइ छ ।

राति १२ बजेसम्म उक्त क्षेत्रमा हात्ती नदेखिएकाले बिहानीपखको समयमा उक्त घटना भएको हुनसक्ने उनको भनाइ छ । मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।

हात्तीको मृत्यु

Previous article
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउकाठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles