Monday, June 30, 2025

सब-डिभिजन कार्यालयमा राखिएका सवारी साधनमा आगजनीरौतहट । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत गुजरा नगरपालिका वार्ड नम्बर ३ मा रहेको सबडिभिजन चोचामा राखिएका सवारी साधनहरुमा आगजनी भएको छ ।ग‌एराति अज्ञात समूहले कार्यालयभित्र राखिएका कर्मचारी मोटरसाइकल र पिकअप भ्यानमा आगजनी गरेको सब-डिभिजनका जमदार जगदीश हजाराले जानकारी दिए ।ग‌एराति आफुहरु ड्युटी गरेर राति ११ बजेतिर सुतेको र एक्कासि झ्यालबाट हेर्दा आगोको मुस्लो देखेको हजाराले बताए । उनका अनुसार सो समुहले हजाराकाे एउटा, जमदार उपेन्द्र यादवको एउटा र अर्को एउटा गरेर तीनवटा माेटरसाइकल र एउटा पिकअप भ्यानमा आगजनी गरेका हुन् ।आगलागीबाट सबै सवारीसाधन काम नलाग्ने गरी जलेको उनले बताए। आगलागी गरिएको पिकअप भ्यान केही महिना अगाडि गस्ती टोलीले काठ सहित पक्राउ गरेको कार्यालयले जनाएको छ । आगलागी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
पर्सा जिल्ला को सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन :पर्सा । पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी व्याधा अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles