पर्सा जिल्ला को सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन :पर्सा । पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी व्याधा अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।