एनसेलको नम्बरबाट हेलो सरकारमा कल गर्दा शुल्क नलाग्ने भएको छ । हेलो सरकारले एक सूचना जारी गर्दै एनसेलको नम्बरबाट आम नगरिकले निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने जनाएको छ । यस्तै, यसअघि एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले उल्लेख गरेको छ । त्यसैगरी अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्ने भएका छन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिनेछ । सरकारले नागरिकको गुनासो सुन्न उक्त सेवालाई चौबिसै घण्टा सञ्चालन गर्दै आएको छ ।
