Sunday, June 29, 2025

बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज लामिछाने टिमसँग पाकिस्तान नजाने जानकारी दिएको हो ।

ताजा / भरखरै प्राप्त

यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदैछ । यसअघि टिममा लामिछानेको नाम समावेश गरिएको थियो । मुद्दाको अन्तिम टुंगो लगाउने सुनुवाइ जिल्ला अदालतमा हुने भएपछि उनलाई टिमसँगै पठाउनबाट रोकेको हो ।

मुद्दाको अन्तिम सुनुवाइ गएको साउन ३२ मा हुने भनिएपनि त्यसदिन पीडित र पीडितकी आमाको उमेर ९ वर्ष मात्र फरक देखिएको भन्दै आमाको नागरिकतासम्बन्धी कागजात झिकाउने आदेश दिएको थियो । आमाको जन्ममिति यकिनपछि मात्र मुद्दाको अन्तिम सुनुवाइ हुने आदेश भएपछि मुद्दा किनारा लाग्न बाँकी छ । सुनुवाइका लागि पेसी छ्टिटै तोकिने भएको छ ।

लामिछानेमाथि नुवाकोटकी एक नाबालिगलाई गत वर्ष भदौ ५ गते राति काडमाडौं पिंगलास्थानस्थित होटल काठमाडौं इनमा राति पुर्याई कुटपिट र बलात्कार गरेको आरोप छ । उनलाई पीडितको उजुरीका आधारमा प्रहरीको गौशाला वृत्तले असोज २० मा पक्राउ गरी अनुसन्धान सकेर कार्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

मुद्दामा उनलाई काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेपनि पछि उच्च अदालत पाटनमा परेको रिटमाथि भएको आदेशबाट भने उनी २० धरौटी राखेर खुला बसेरै मुद्दा लड्न पाउने गरी रिहा भएका थिए ।

क्रिकेट

Previous article
अपहरण गरि कुटपिट गरेको आरोपमा ७ जना पक्राउदाङ। दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् ।उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Next article
कांग्रेसको ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगितसत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रिय कार्य समितिले भाद्र १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो ।अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिर रुपमा प्रभावित भएकाले उनीहरुको सेवामा जुट्न पार्टी संगठनहरुलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए ।उनले भने, ‘अविरल वर्षा, बाढि, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिर रुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरुलाई आह्वान गर्ने र भाद्र १० देखि २४ गतेसम्म गर्ने तय भएको कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ ।’नेपाली काँग्रेसले श्रावण २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले सो अभियानले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन पनि महत्वपूर्ण कार्य गरेको बताउनु भयो । सो विशेष अभियानमा लागि नेपाली काँग्रेसले पार्टीका सांसद बाहेकका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई सबै जिल्लामा केन्द्रिय प्रतिनिधिको रुपमा परिचालन गरेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles