Monday, June 30, 2025

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी,आठ जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी भएको भारतीय अधिकारीहरुले जनाएका छन् । उक्त आगलागीमा परी २० जनाभन्दा बढी घाइते भएका छन् ।
लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनको लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए ।
मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको थियो ।अधिकारीहरुले उक्त घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । आगलागीमा परी मृत्यु भएकाहरुको शव निकालिएको जनाइएको छ ।

Previous article
किसानले लगाएको केरा काटेर नोक्सानीरौतहट । रौतहटका एक किसानले लगाएको केरा खेती अज्ञात व्यक्तिले काँटेर क्षति पुर्याएको गुनासो गरेका छन्।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारका किसान दिपेन्द्र न्यौपानेले आफुले १० कठ्ठा क्षेत्रफलमा लगाएको केरा खेती मध्ये २५–३० वटा केराको बोट काँटेर नोक्सान पुर्याएको बताएका छन्।आफु शुक्रबार खेतमा जाँदा केराको बोट काँटेर लडाएको अवस्थामा देखेको बताए। उनले बिहिबार राती काँटेको हुनसक्ने आशंका गरेका छन्। ‘कसले किन काट्यो थाहा छैन,’ उनले भने, ‘लगभग हाम्रो १५–२० हजार बराबरको क्षति भएको छ । भोलीका दिनहरुमा पनि यस्तो घटना घटाउला पनि डर पनि बढेको छ।’उनले आफ्नो बालीमा पुर्याएको क्षति बारेमा प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको बताउँदै उनले किसानको खेतीमा नोक्सान पुर्याउने जो कोहीं भ‌एपनि कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles