जब सुँगाका जोडीले कुरा गरिरहेका थिए, त्यो कुरा एउटा उल्लूले सुनिरहेको थियो । उसले सुँगालाई भन्यो, “तिमीहरू यो गाउँमा नयाँ देखिन्छौ, आज राती तिमीहरू मेरो घरमा वास बस्नू र मेरैमा खानू ।” उल्लूले त्यति प्यारो गरी भनेको कुरा उनीहरूले इन्कार गर्न सकेनन् ।
भोलिपल्ट बिहानको खाना खाइसकेपछि जब सुँगाहरू निस्किन लागे तब उल्लूले सुँगाको प्रेमिकालाई समाएर भन्यो ~ “तिमी कहाँ हिँडेकी ? तिमी त मेरी श्रीमती हौ ।” यो कुरा सुनेपछि सुँगाका जोडी उल्लूमाथि खनिए, बहस भयो, हात हालाहालको स्थिति सिर्जना भयो । अन्त्यमा उल्लूले भन्यो ~ “अब यसो गरौँ । हामी गाउँको मुखिया भए ठाउँमा जाऊँ, उसले जे फैसला सुनाउँछ त्यो मानौँ ।”
दुईटैले उल्लूको प्रस्ताव स्वीकार गरेर मुखिया भा ठाउँमा गए । मुखियाले तीनैजनाको तर्क र कुराकानी सुनेपछि उल्लूको पक्षमा फैसला सुनायो । सुँगा अन्यायमा परेपछि रुदैँरुदैँ हिड्न थाल्यो, त्यत्तिकैमा उल्लूले बोलाएर भन्यो ~ “एक्लै कहाँ हिँडेको मित्र ? आफ्नी प्रेमिकालाई पनि लिएर जाऊ ।” सुँगाले अचम्म मान्दै उल्लूतिर हेरेर भन्यो ~ “किन मेरो घाउमा नुनचुक दल्छौ ? अब यी मेरी प्रेमिका कहाँ रहिन् र ? मुखियाले तिम्रो पक्षमा फैसला सुनाइसके । अब त यी तिम्री श्रीमती भइन् । उल्लूले नम्र स्वरमा भन्यो ~ “त्यसो हैन मित्र ! यी तिम्रै प्रेमिका हुन् । म त तिमीलाई यो सम्झाउन चाहन्थे कि… बस्ती उल्लूले उजाड बनाउँदैन, बस्ती त तब उजाड हुन्छ जब त्यहाँबाट न्याय र इन्साफ हराउँछ ।”
वास्तवमै उल्लूरुपी अपराधीहरूले बस्ती उजाड बनाउँदैन रहेछन्, बस्ती त त्यतिबेला उजाड हुँदोरहेछ जब त्यहाँबाट न्याय र इन्साफ हराउँदोरहेछ ।
बस्ती त त्यतिबेला उजाड हुँदोरहेछ जब अन्धो कानुनले पनि गरीब, निरीह, पहुँचवाला र पैसावालाहरूलाई उसले लगाउने पर्फ्युम सुँघेर छुट्याउँदोरहेछ ।
