पेस्तोल र गोलीसहित एक जना पक्राउकाठमाडौँको बूढानिलकण्ठबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएका सुरज श्रेष्ठ उर्फ सुलभ छन् ।२८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । आरोपितको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।आरोपित सुरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । शुक्रबार पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।