उमेश पियालाई हराउदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचितबागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।खड्काले २३ मत प्राप्त गर्दा पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट उनीसहित १२ जना निर्वाचित भएका छन् ।पारसको प्यानलबाट उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।