अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख बिगो माग दाबीसहित ३ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । मुद्दाका अन्य प्रतिवादीहरुलाई वडा नम्बर २ का तत्कालीन वडाअध्यक्ष रमेशकुमार बस्नेत र तत्कालीन लेखापाल जीवन रहेका छन् ।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिदमा अनियमितता गरेको पाइएको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । निःशुल्क प्राप्त भएको जग्गालाई खरिद गरेको भनी बिल भुक्तानी गरेको पाइएको छ !
